संसद्मा सम्बोधन गर्दै प्रतिपक्षी दलका नेता ओली।
काठमाडौँ – प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । समसामयिक विषयमा आफ्ना धारणा राख्नका लागि ओलीले सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेका हुन्।
एमालेका प्रमुख सचेतक विशाल भट्टराईले समसामयिक राजनीतिक र अन्तर्राष्ट्रिय विषयमा आफ्ना धारणा राख्नका लागि प्रमुख प्रतिपक्षी दलका नेताले समय मागेको जानकारी दिए । ‘अध्यक्षले समसामयिक विषयमा बोल्ने भनेर समय माग्नुभएको छ । अर्थ मन्त्रालयमा बजेट निर्माणका क्रममा भएका घटनादेखि अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) लगायतका विषयमा बोल्नुहुन्छ, उनले भने ।
यसअघि ओले जेठ १२ गतेको बैठकमा आफ्ना धारणा राखेका थिए । उनले त्यतिबेला स्थानीय तहको निर्वाचन लगायतका बारेमा आफ्ना धारणा राखेका थिए ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।