अन्तर्घात गरेको भन्दै जसपा प्रदेश सांसद् निष्कासित।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा ) ले स्थानीय तहको निर्वाचनमा अन्तर्घात गरेको भन्दै प्रदेश सांसद्सहित २ जनालाई निष्कासन गरेको छ ।
जिल्ला कार्यसम्पादन समिति महोत्तरीले प्रदेश सांसद् कौशलकुमार यादव र संघीय शिक्षक फोरम महोत्तरीका अध्यक्ष कौशलकुमार यादवलाई साधारण सदस्यतसमेत नरहने गरी निष्कासन गरेको हो । ‘गत ३० वैशाखको स्थानीय तहको निर्वाचनमा पार्टीका जिम्मेवार व्यक्तिहरुले गरेको क्रियाकलापमाथि कार्यसम्पादन समितिको निर्णयबाट पार्टीको अन्तरिम विधान-२०७७ को परिच्छेद- ३ सदस्यतासम्बन्धी व्यवस्था धारा १० को बुँदा २ र परिच्छेद ८ को अनुशासनको
कारबाहीको धारा ४९ को बुँदा १, २, ३, र ६ आकृष्ट भएको हुँदा आजैको मितिबाट साधारण सदस्यताबाट समेत निष्कासन गरेको व्योहोरा जानकारीका साथ अनुरोध छ’ जिल्ला अध्यक्ष रामप्रकाश यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
महोत्तरी – ४ (क) बाट प्रदेश सांसद् रहेका यादवले स्थानीय तहको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारहरुलाई हराउन लागेको तथा विपक्षी दलका नेताहरुलाई सहयोग गरेको आरोप लाग्दै आएका बेला उनलाई निष्कासन गरेको हो । स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भनेर निष्कासनमा पर्ने यादव पहिलो र एक्ला सांसद् हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय