कर्मचारी मृत फेला परेपछि केएमसी स्कुलमा तनाव, हत्याको आशङ्का।
१९ असार, काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा आइतबार तनाव भएको छ । स्कुलभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर आक्रोशित समूहले स्कुलमा तोडफोड गरेपछि यतिबेला केएमसी स्कुलमा तनाव भएको छ।
प्रहरीका अनुसार आक्रोशित समुहको ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन उल्लेख्या संख्यामा प्रहरी परिचालन गएिको छ ।
काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । डेढ वर्षदेखि कार्यरत उनको हत्या भएको दाबी आफन्तले गर्दै आएका छन् । उनीहरुले शव उठाउन पनि दिएका छैनन् । आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिइरहेका छन् ।
आफन्तले एक दिन पनि स्कुलले छुटी नदिएको, काम गरेको पैसा नदिएको आरोप पनि लगाएका छन् । छोरीले स्कुलमा काम गरेको भए पनि घरबाटै खर्च पठाउनु परेको आफन्तको आरोप छ । रमा समयमा घर नआएपछि उनकी बहिनी गोमा स्कुलमा गएकी थिइन् । गोमाले नै दिदी झुन्डेको देखेको बताइएको छ ।
घटनाबारे जानकारी पाएलगत्तै स्कुलमा भेला भएका आफन्त र प्रहरीबीच पनि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
4
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय