इरानमा ६.१ रेक्टर स्केलको भूकम्प, चीनमा पनि धक्का महसुस।
काठमाडौं। दक्षिणी इरान इरानमा शनिबार बिहान आएको ६.१ रेक्टर स्केलको भूकम्पमा परी पाँच जनाको मृत्यु भएको छ। केही समयपछि त्यस क्षेत्रमा ६.३ रेक्टर स्केलका दुई थप शक्तिशाली परकम्पहरू आएका थिए।
भूकम्पमा परी अहिलेसम्म पाँच जनाको मृत्यु भएको र केही घाइते भएका छन् । घाइतेलाई अस्पतालमा भर्ना गरिएको बताइएको छ। सो क्षेत्रमा राहत तथा उद्धार कार्य सुरु गरिएको छ ।
भूकम्पपश्चात सो क्षेत्रमा दर्जनभन्दा बढी पराकम्प गएको छ, जसका कारण इरानको खाडीनजिकैको साइह खोश गाउँ पूर्ण रूपमा ध्वस्त भएको छ।
आइआरएनएका एक अधिकारीले भने, ‘भूकम्पको पहिलो पराकम्पमा नै ५ जनाको मृत्यु भएको हो। त्यसपछिका दुई ठूला पराकम्पहरूमा कसैलाई पनि क्षति पुगेन, किनभने मानिसहरू पहिले नै घरबाट बाहिर निस्की सकेका थिए ।’
भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट करिब एक सय किलोमिटर टाढा थियो ।