
मन्त्री फेर्ने उपेन्द्र पक्षको निर्णय, नयाँ मन्त्रीका लागि सूची पेस।
जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले हाल सरकारमा रहेका आफ्ना मन्त्रीलाई फिर्ता बोलाउने भएका छन् । उनले पुरानालाई फिर्ता बोलाउँदै नयाँ मन्त्री नियुक्ती गर्न भन्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष सूचीसमेत पठाइसकेका छन् ।
केही दिनअघि मात्र नेकपा एकीकृत समाजवादीले पनि पुरानालाई फिर्ता बोलाउँदै नयाँलाई मन्त्री बनाएको थियो । सोहीअनुसार जसपाले पनि पुरानोको ठाउँमा नयाँलाई मन्त्री बनाउन खोजेको हो ।
पछिल्लो समय जसपाभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेकाले पनि यादवमाथि नयाँलाई मन्त्री बनाउनुपर्ने दबाब थपिएको बताइएको छ । जसपाबाट हाल सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादव, कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रराय यादव र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव छन्।