श्रम संस्कृति पार्टीका नेता सुधन किरातीले रास्वपा सांसद् खगेन्द्र सुनारलाई राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्न सुझाव दिएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘सांसद् पद एउटा ओहोदा वा सत्ताको साधन मात्र होइन, नागरिकप्रतिको भरोसा र सार्वजनिक नैतिकताको एक सर्वोच्च मानक पनि हो। अनुहार अर्थात् पात्र फेरिँदैमा समाज बदलिँदैन, जबसम्म सोच र प्रवृत्ति बदलिँदैन । उत्पीडन, मुक्ति र नैतिकताको एजेन्डा बोकेर आएका व्यक्तिमाथि नै जब गम्भीर उत्पीडन र अनैतिकताको आरोप र प्रश्न उठी सक्यो । अब मार्गप्रशस्त गरेर नयाँ राजनीतिक संस्कारको उदाहरण बन्न र सांसद जस्तो गरिमामय पदको मर्यादा जोगाउन आफूमाथि उठेका प्रश्नको निरूपणका लागि तत्काल पदबाट राजीनामा दिई निष्पक्ष छानबिनमा सहयोग गर्नुहोस् ।’
उनी थप भन्छन्–’नैतिक धरातल बलियो नभई न त उत्पीडनको मुक्ति सम्भव छ, न त जनताले नयाँ भनेर विश्वास नै गर्न सक्छन् । जो रास्वपाको विचार !’
