तराई मधेश कानून विद्यार्थी समाजले कानूनी सचेतना अभिवृद्धि तथा शैक्षिक गतिविधिलाई निरन्तरता दिने उद्देश्यसहित ‘Legal Voice Campaign 4.0’ सञ्चालन गर्ने भएको छ।

हरेक वर्षझैँ यस वर्ष पनि आयोजना हुन लागेको अभियानको चौथो संस्करणको नेतृत्व तथा समन्वयको जिम्मेवारी अभियान संयोजक  का रूपमा शिवजी प्रसाद कुशवाहा ले प्राप्त गरेका छन्।

‘कानूनको ज्ञान, अधिकारको पहिचान’ भन्ने मूल नारासहित अघि बढ्ने यस अभियानले कानूनी ज्ञानको विस्तार, नागरिकलाई आफ्ना अधिकारप्रति सचेत बनाउने तथा कानूनी विषयमा विद्यार्थी र सर्वसाधारणको चासो अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।

अभियानलाई प्रभावकारी बनाउन विभिन्न कानूनी सचेतनामूलक तथा शैक्षिक गतिविधिहरू सञ्चालन गरिने अपेक्षा गरिएको छ। साथै, यस अभियानमा सहभागी भई कानूनी सचेतना विस्तारको अभियानमा हातेमालो गर्न समाजले सम्पूर्ण इच्छुक व्यक्ति तथा कानूनका विद्यार्थीहरूलाई हार्दिक अनुरोध गरेको छ।

कानूनको ज्ञानलाई समाजको तल्लो तहसम्म पुर्‍याउँदै अधिकारप्रति सचेत र जिम्मेवार नागरिक निर्माणमा योगदान पुर्‍याउने लक्ष्यका साथ ‘Legal Voice Campaign 4.0’ अघि बढ्ने विश्वास लिइएको छ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय