गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण हालसम्म मानवीय क्षतिको सूचना प्राप्त नभएको प्रमुख जिल्ला अधिकारी (सीडीओ) धर्मेन्द्रकुमार मिश्रले बताएका छन् । भौतिक क्षति भने भएको उनले जानकारी दिए ।
“दुइटा बस्तीलाई पूरै क्षति बनायो, जगतको बस्ती र पन्देरीको बस्तीलाई, “पशुधन र अन्य संरचना, पुलहरू क्षति छ, मानवीय क्षति छैन ।
बाढीको उत्पत्ति स्थल कहाँ, कसरी आयो भन्नेबारे यकिन हुन बाँकी रहेको उनले बताए ।
आइतबार (असोज २५) बिहान करिब ४ बजेदेखि चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङगिलुङ खोलाबाट बूढीगण्डकीमा बहाव बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
गोरखाको आरुघाटमा बाढी खतरा तह पार भएको छ । सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
“असोज २५, बिहान ०८ः०० बजे । बूढीगण्डकी नदी आरुघाटमा बाढीले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले बाढी पास नहुँदासम्म त्रिशूली दोभानसम्म नदीछेउछाउ नजाऔँ ।
