जसपा विवाद : केन्द्रीय समिति बैठक वीरगन्जमा बोलाइयो
काठमाडौँ — जनता समाजवादी पार्टीको विवाद बढिरहेका बेला केन्द्रीय समिति बैठक बोलाइएको छ । जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले एक विज्ञप्ति जारी गर्दै वीरगन्जमा बस्ने गरी केन्द्रीय समिति बैठक बोलाइएको जानकारी दिएका छन् ।
जसपा केन्द्रीय समिति बैठक असार २७ र २८ गते मधेस प्रदेशको वीरगन्जमा हुने जानकारीसहित विज्ञप्ति जारी गरिएको छ ।
पछिल्लो समय दुई अध्यक्षबीच विवाद बढ्दै गएपछि जसपा नेपाल फेरि विभाजनको संघारमा पुगेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच अब एउटै पार्टी रहन सक्ने अवस्था नभए अलग–अलग बाटोबाटै अघि बढ्न सक्ने सहमति बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय