एमाले अध्यक्ष ओली र बामदेव गौतम बीच भेटवार्ता वाम एकताबारे छलफल।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच बिहीवार भेटवार्ता भएको छ गत मंगलवार नयाँ दल गठन गरेका गौतम एमाले अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन् ।

बिहीवारको भेटमा दुई नेताबीच वाम एकता, चुनावी मोर्चा निर्माण गर्नेलगायतका विषयमा कुराकानी भएको गौतमका सहयोगी विनोद टमाटाले जानकारी दिए। उनका अनुसार पार्टी एकता तथा चुनावी मोर्चा निर्माण गर्ने कुरामा ओली पनि सकारात्मक देखिएका छन् ।

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी नेकपाको विभाजनपछि पुनः वाम एकताको अभियान सञ्चालन गरेका गौतमले हालैमात्र नयाँ दल गठन गरेका थिए । यद्यपि, उनी अझै वाम एकताको पक्षमा रहेका छन् नयाँ दल गठनपछि पनि वाम एकताको अभियानलाई उनले निरन्तरता दिने बताइरहेका छन्

वाम पार्टीहरूबीच एकता अभियानका विषयमा एमाले अध्यक्ष ओलीसँग गौतमले छलफल गरेका छन् उनले वाम एकता संभव नभएमा आगामी निर्वाचनमा पार्टी मोर्चा बनाएर जानुपर्ने ओलीसँग प्रस्ताव रहेका थिए । त्यसक्रममा ओलीले आफू वाम एकताको पक्षमा रहेको बताएका थिए । दुई नेताबीच यस विषयमा थप छलफल गर्ने सहमति भएको छ ओलीपछि उनले अन्य वाम पार्टीका नेताहरूसँग पनि भेटवार्ता गर्ने बताएका छन्।

नेकपा एमाले र माओवादी केन्द्रको एकता पछि बनेको नेकपा भंग भएर दुई पार्टी पूर्ववत् अवस्थामा फर्किएपछि गौतम तटस्थ बसेका थिए । उनले फेरि पनि एकताको प्रयास गर्ने भन्दै नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान चलाउँदै आएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
1
+1
1
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय