महाकाली नदी किनार तटीय क्षेत्रका वासिन्दालाई सतर्कता अपनाउन आग्रह।
काठमाडौं : जिल्ला प्रशासन कार्यालय दार्चुलाले महाकाली नदी किनार तटीय क्षेत्रका बासिन्दालाई आज सतर्कता अपनाउन अपिल गरेको छ।
भारतको धारचुला तपोवन स्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोकाहरु खोलिएकोले नदीमा पानीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन अपिल गरिएको हो। सिल्ट फ्लसिङको कार्य गर्न लागिएकाले धौलीगंगा जलविद्युत् परियोजनाको बाँधका ढोकाहरु खोलिएको हो ।
बिहान ५ देखि बेलुकी ८ बजेसम्म सिल्ट फ्लसिङको काम हुने जनाइएको छ। त्यस पश्चात समेत महाकालीमा जलस्तर बढ्न सक्ने भएकाले स्थानीयहरुलाई सतर्कता अपनाउन जिल्ला प्रशासनले सूचित गरेको छ।
बाँधका ढोकाहरु खोल्ने भनि एनएचपीसि लिमिटेड,धौलिगंगा पावर स्टेशन, धारचुला, पिथौरागढबाट जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गरिएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
1
+1
ताजा समाचार
लोकप्रिय
© 2025: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा