नेपालकै सबैभन्दा ठूलो खुद्रा व्यापार चेन ‘भाटभटेनी सुपरस्टोर’ आजबाट चौबिसै घण्टा खुल्ने भएको छ । भाटभटेनीले भक्तपुर राधेराधेस्थित सुपरस्टोर आजबाट चौबिसै घण्टा सञ्चालनमा ल्याएको हो ।

राधेराधेस्थित सुपरस्टोरमा  कुराकानी गर्दै भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले आम उपभोक्तालाई सपिङका लागि सहज होस् भनेर खुला गरिएको जानकारी दिए ।

‘यो कन्सेप्ट नेपालमा नयाँ हो, तर अन्तर्राष्ट्रिय रुपमा यो चलनचल्तीमै आएको पाइन्छ,’ पौडेलले भने ।

उनका अनुसार, काठमाडौं उपत्यकाका तीन वटा जिल्लामा एक–एक वटा स्टोर चौबिसै घण्टा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय