नेपाली कांग्रेसका सभापति गगन थापाले नागरिकको अधिकारका लागि गरिने राजनीति गर्न सत्ता–शक्ति नचाहिने बताएका छन् ।

भक्तपुरमा शनिबार आयोजित एक कार्यक्रममा उनले सत्ता र शक्तिभन्दा बाहिर बसेर पनि नागरिकको अधिकारका लागि राजनीति गर्न सकिने बताएका हुन् ।

सेवाभावमा गरिने राजनीति, नागरिकको अधिकारका लागि गरिने राजनीतिका निम्ति सधैँभरि सत्ता–शक्ति चाहिँदैन । कहिलेकाँही सत्ताभन्दा बाहिर बसेर गर्न सकिन्छ । वा गर्नुपर्ने हुन्छ’, उनले भने, ‘कहिलेकाँही शक्तिभन्दा बाहिर बसेर बढी गर्नुपर्ने हुन्छ । सत्ता र शक्तिसँग कहिलेकाँही अलग थलग रहेर गर्नुपर्ने हुन्छ ।’

सत्ता र शक्ति लक्ष्य नभएर केवल साधनमात्रै भएको सभापति थापाको भनाइ थियो । ‘सत्ता र शक्ति प्राइमरी होइन, सत्ता र शक्ति फाइनल होइन । सत्ता र शक्ति लक्ष्य होइन, सत्ता र शक्ति केवल साधनमात्रै हो,’ उनले भने, ‘केवल माध्यममात्रै हो । यो नेपाली कांग्रेस हो ।’

सभापति थापाले पार्टीको आत्मा नमारिकन पार्टीलाई एकढिक्का बनाउने पनि बताए । ‘पार्टीभित्र नमिलेका कुराहरूलाई मिलाएर पार्टीलाई एकढिक्का बनाउने पनि हो,’ उनले भने, ‘तर, पार्टीको आत्मा नमारिकन बनाउने हो । यसको क्यारेक्टर खोजेर, पुनर्स्थापित गरेर बनाउने हो ।’

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय