घुस डील प्रकरणमा मुछिएका न्यायाधीश कोइराला निलम्बित।
काठमाडौं। घुस डील प्रकरणमा मुछिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला निलम्बित भएका छन् ।
घटना छानबिनका लागि जाँचबुझ समिति गठनबारेको सूचना नेपाल राजपत्रमा प्रकाशित भएसँगै उनी निलम्बित भएका हुन्।
न्यायाधीश कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको घुस डील प्रकरणको छानबिनका लागि न्याय परिषदले तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो ।
बुधवार बसेको न्याय परिषद् बैठकले परिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।
घुस लेनदेनको डीलमा मुछिएका न्यायाधीश कोइरालालाई बुधवारबाट नै कामबाट अलग गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
2
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय