आईजीपी नियुक्तिविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदै।

काठमाण्डु – नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्धको मुद्दामा अन्तिम सुनुवाइ आज हुँदैछ ।

एआईजी विश्वराज पोखरेलले आफुभन्दा जुनियर धिरजप्रताप सिंहलाई आइजीपी बनाएको दावीसहित बैशाख १९ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

सो रिटमाथि कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा भइरहेको सुनुवाइमा आज सरकारी पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् ।

अन्तिम सुनुवाइ जेठ ३० गतेबाट सुरू भएपनि मुद्दाको बहस नसकिएपछि यसअघि दुईपटक हेर्दाहेर्दैमा राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय