नवनियुक्त ४ मन्त्री र १ राज्यमन्त्रीले लिए शपथ, आजै जिम्मेवारी सम्हाल्ने।
काठमाडाैँ । नेकपा [एकीकृत समाजवादी]बाट नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नयाँ मन्त्रीहरू मेटमणि चाैधरी, शेरबहादुर कुँवर, जीवनराम श्रेष्ठ र भवानीप्रसाद खापुङले शपथ ग्रहण गरेका हुन् । उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ ग्रहण गराएका हुन् ।
एकीकृत समाजवादीले श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाएकाे छ भने मेटमणि चौधरी सहरी विकास मन्त्रालयमा पुगेका छन् । शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री हुँदा खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका छन् । यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् ।
शपथपछि मन्त्रीहरूले आजै कार्यभार सम्हाल्दैछन् । यसअघिका पर्यटनमन्त्री प्रेम आले, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
2
+1
4
+1
2
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा