ललितपुर महानगरको सडकमा आजदेखि पानीपुरी बेच्न नपाइने।
काठमाडौं ।
आजदेखि ललितपुर महानगरपालिकामा पानीपुरी बेच्न नपाइने भएको छ । महानगरले हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरभित्रका सडकमा पानीपुरी बेच्न रोक रोक लगाएको हो ।
महानगरका नगरप्रहरी प्रमुख सीताराम हाछेथुले पानीपुरी बेच्न नपाइने गरी माइकिङ सुरु गरिएको बताए । “पछिल्लो समय उपत्यकामा फैलिरहेको हैजालाई मध्यनजर गर्दै पानीपुरी बेच्न रोक लगाइएको हो । कडाइका साथ महानगर अनुगमनमा जुटेको छ,” हाछेथुले भने ।
महानगरका अनुसार होटल रेस्टुरेन्टहरूमा भएको पानी सफा भए नभएअनुसार बेचबिखन गर्ने दिइनेछ । हाछेथुका अनुसार बाहिर सडकमा राखिएको पानीपुरीको पानी अत्यधिक फोहोर भएकाले बेच्न नदिने भनिएको हो ।
सडकमा ठेलागाडा, फुटपाथमा राखिएको पानीपुरी अत्यधिक दूषित हुँदा हैजा फैलिएको खबर आफूहरूलाई प्राप्त भएको हाछेथुले बताए ।