नव-नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौंमा।

काठमाडौं- नेपालका लागि नव-नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव काठमाडौं आइपुगेका छन्। शनिबार अपरान्ह काठमाडौँ ओर्लिएका श्रीवास्तव अनुभवी करियर कूटनीतिज्ञ भएको नेपालस्थित भारतीय दूतावासले बताएको छ।

काठमाडौंमा जिम्मेवारी लिन आउनुअघि राजदूत श्रीवास्तव भारतीय विदेश मन्त्रालयमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए।

श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका •लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन्। साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरेका छन्।

राजदूत श्रीवास्तवले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएपछि औपचारिक जिम्मेवारी सम्हाल्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय