जनकपुरधाम उपमाहानगरपालिकाले ल्यायो १ अर्ब ८० करोड रुपैयाँको बजेट।

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि पौने दुई अर्बभन्दा बढीको बजेट ल्याएको छ । आर्थिक वर्ष ०७९-८० को लागि पालिकाले एक अर्ब ८० करोड ७१ लाख ४५ हजार रुपैयाँको बजेट ल्याएको हो ।

 

शुक्रबार नगरप्रमुख मनोज कुमार साहले चालुतर्फ एक अर्ब सात करोड ४१ लाख २७ हजार र पुँजीगततर्फ ७३ करोड ३० लाख १८ हजार रुपैयाँ विनियोजन गरेको घोषणा गरे । चालुतर्फ ल्याएको बजेटको तुलनामा पुँजीगत अर्थात् विकासीय बजेट निकै कम देखिएको छ । तर, पनि सरकारले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको लागि १७ करोड बढाएर बजेट ल्याएको हो ।

बजेटमा अनुदान (सामाजिक सुरक्षा भत्ता) लगायत शीर्षकको भने प्रस्तुत भएको बजेटमा समावेश गरिएको छैन । पछि, उक्त शीर्षकको बजेट विनियोजित भई आउने रकमबाट सोहीअनुसार अनुदानमा खर्च हुने बजेट वक्तव्यमार्फत जनाइएको छ ।

 

पालिकाले पाँच क्षेत्रमा बजेटलाई विभाजन गरेको छ । आर्थिक विकास समितिअन्तर्गत चार करोड ५६ लाख, समाजिक विकासतर्फ ६० करोड ४२ लाख र पूर्वाधार विकासतर्फ ६४ करोड ६५ लाख १४ हजार रुपैयाँ विनियोजन गरेको छ । यस्तै, वन, वातावरण तथा विपद् व्यवस्थापनतर्फ पाँच करोड र सुशासन तथा संस्थागत विकास समितितर्फ ४९ करोड आठ लाख ३१ हजार रुपैयाँ विनियोजन गरेको बजेट वक्तव्यमा उल्लेख छ ।

पालिकाले विनियोजित गरेको बजेटको खर्च व्यहोर्न राजस्व तथा अनुदानबारे पनि खुलाएका छन् । आन्तरिक श्रोतबाट ८० करोड एक लाख ३८ हजार ९ सय र बाह्य श्रोतबाट एक अर्ब ७९ लाख ६ हजार एक सय रुपैयाँ राजस्व प्राप्त हुने अनुमान गरेको हो ।

 

यस्तै, ३१ करोड १४ लाख ८१ हजार रुपैयाँ संघीय सरकारबाट र एक करोड ७१ लाख ६८ हजार आठ सय रुपैयाँ अनुदानस्वरूप प्रदेश सरकारबाट प्राप्त हुने अनुमान गरिएको छ । यस्तै, पालिकाको सञ्चित कोष बैंकमा ३१ करोड ६३ लाख ७९ हजार एक सय रहेको र जनसहभागिताबाट एक करोड रकम प्राप्त हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय