काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट।
काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको नयाँ बजेट ल्याएको छ ।
काठमाडौं महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उप प्रमुख सुनिता डंगोलले सो बजेट ल्याएको बताएकी हुन् ।
सञ्चित कोष जम्मा हुने २२ अर्ब ३५ करोड र अन्य कोषबाट ३ अर्ब ५ करोड १ लाखलगायत अन्य स्रोतबाट बजेट सुनिश्चित हुने छ। काठमाडौं महानगरको चालू आर्थिक वर्षमा १८ अर्ब ९५ करोड ७७ लाख बजेट ल्याएको थियो ।
चालू आवमा भन्दा आगमी आर्थिक वर्षमा करिब ७ अर्ब धेरै बजेट ल्याएको हो ।