पश्चिम बंगालसँग जोडिएका नेपाल-भारत सीमा ७२ घण्टाका लागि सिल।

काँकडभिट्टा – दार्जिलिङको प्रशासनिक निकाय गोर्खाल्यान्ड टेरेटोरियल एड्निस्ट्रेसन (जीटीए) चुनावलाई लक्षित गरी शुक्रबार बिहानैदेखि नेपाल-भारत सीमा नाका सिल गरिएको छ ।

आइतबार हुने चुनावमा हुन सक्ने अवाञ्छित गतिविधि रोक्न भारतले गरेको पत्राचारपछि पश्चिम बंगालसँग सीमा जोडिएका झापाको काँकडभिट्टा, भद्रपुर तथा इलामको पशुपति नगर नाका ७२ घण्टाका लागि सिल • गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी ज्ञानकुमार महतोले जनाए । उनका अनुसार भारतीय पक्षको पत्राचारपछि नाका सिल गरिएको हो ।

‘शुक्रबार बिहान ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्म नाका सिल हुनेछ,’ डीएसपी महतोले भने । उनका अनुसार अत्यावश्यकबाहेकका काममा नाका वारपारमा पूर्ण निषेध गरिएको छ । नाका ठप्प हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नु परेको गुनासो गरेका छन् ।

विशेषगरी बिरामी, असहाय र असक्तहरूलाई नाका वारपारमा समस्या भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
4
+1
0
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय