अमेरिका र इजरायलको संयुक्त आक्रमण खेपिरहेको इरानले चर्को टिप्पणी गर्दै ‘मूल्य चुकाउन बाध्य पार्ने’ चेतावनी दिएको छ ।
शनिबार बिहानदेखि निरन्तर भइरहेको आक्रमणमाथि अहिले आरोप प्रत्यारोपको शृङ्खला चलिरहेको छ ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानीले अमेरिका र इजरायलबाट दमनकारी विभेद भएको भन्दै मूल्य चुकाउन बाध्य पार्ने चेतावनी दिएकी हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराका अनुसार, इरानको महान राष्ट्रले दमनकारीहरूलाई अविस्मरणीय पाठ दिने बताएकी हुन् ।



