स्वास्थ्य राज्यमन्त्री विमला वलीलाई बुटबल लगियो।
०१ असार, काठमाडौं।
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्य मन्त्री विमला वलीलाई प्रहरीले दाङबाट बुटवल लगेको छ ।
तुलसीपुर उपमहानगरपालिकास्थित आलुमण्डीमा एक महिला र बालिकामाथि हातपात गरेको अभियोगमा प्रहरीको नियन्त्रणमा परेकी वलीलाई मंगलबार साझ नै बुटबल पठाएको जनाइएको छ । राज्यमन्त्री वलीमाथि हिजो नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएलका नेता एकराज बस्नेतको घरमा पुगेर उनकी पत्नी र छोरीमाथि हातपात गरेको अभियोग लागेको छ। पीडित भनिएकी एकराजकी श्रीमती मीना भण्डारीले वलीविरुद्ध प्रहरीमा जाहेरी समेत दिएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
3
+1
0
+1
2
+1
0
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय