नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद संवादबाट समाधान हुने बताएका छन् । शनिबार बिहान सानेपामा तत्कालीन सभापति शेरबहादुर देउवा समूहको बैठकमा सहभागी हुन गएका उनले सञ्चारकर्मीसँग कुरा गर्दै संवादमार्फत् समाधान निकाल्दै कांग्रेस पुनः एक हुने बताएका हुन् ।

‘नुटुक्रियोस् भन्ने हो । फेरि मिल्छ। मिलाउनुपर्छ। संवाद गर्नुपर्छ। संवादबाट  नेपाली कांग्रेसको विवाद सल्टिन्छ,’ उनले भने, ‘विश्वमा लडाइँहरू हुन्छन्। फेरि मिलेकै हुन्छ। सबै मिलाइन्छ।’

सानेपामा अिहले देउवा समूहको बैठक चलिरहेको छ । देउवा पक्षको बैठकमा शेखर समूहका नेताहरू पनि सहभागी भएका हुन् ।

कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापासहितको कार्यसमितिलाई शुक्रबार निर्वाचन आयोगले मान्यता दिएको थियो । देउवा समूहले भने आयोगको निर्णय अस्वीकार गर्ने बताएको छ ।

आजै कांग्रेसको नवनिर्वाचित कार्यसमिति बैठक पनि बस्दै छ । सभापति गगन थापाले बानेश्वरको एक बैंक्वीटमा पार्टीको बैठक बोलाएका छन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय