काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीले नै पहलकदमी लिनुपर्छ: गगन थापा
नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापन गर्न प्रधानमन्त्रीले नै पहल गर्नुपर्ने बताएका छन्।
काठमाडौं महानगरपालिका, सहरी मन्त्रालय र जनप्रतिनिधिहरूले फोहोर उठाउने र व्यवस्थापनका क्षेत्रमा काम गरिरहे पनि पर्याप्त नभएको उनको भनाइ छ।
‘फोहोर व्यवस्थापनको काममा काठमाडौं महानगरपालिका र सहरी मन्त्रालयले गरिरहेको काममा हामी सबैले सहयोग गर्नुपर्छ,’ उनले भने, ‘कतिपय कुरा यी दुई निकायले चाहेर मात्रै हुँदैन । स्रोतसाधन र कानून तथा नियमका गाँठो फुकाउन प्रधानमन्त्रीले नै पहल लिनुपर्नेछ । यसका लागि प्रधानमन्त्रीलाई पहल कदमी लिन आग्रह गर्दछु।’
फोहोर व्यवस्थापनमा नागरिकहरूले पनि सहयोग गर्नुपर्ने उनले बताए ।
साउन १ गतेदेखि घरमै कुहिने र नकुहिने फोहोर बेग्लाबेग्लै राख्न काठमाडौं महानगरपालिकाले पनि अपिल गरेको थापाले बताए। विगत दुई सातादेखि काठमाडौंको फोहोर उठ्न सकेको छैन।
मंगलबार र बुधबार फोहोर बोकेर बन्चरेडाँडा पुगेका गाडीलाई स्थानीय बासिन्दाले अवरोध गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा