भारतको उत्तराखण्डमा भएको बस दुर्घटनामा २५ तीर्थयात्रीको मृत्यु।
उत्तराखण्डको उत्तरकाँशी जिल्लामा शनिबार साँझ भएको एक बस दुर्घटनामा २५ जना तीर्थयात्रीको निधन भएको छ। मृत्यु हुनेहरु मध्यप्रदेशबाट गएको तीर्थयात्री रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ। दुर्घटनामा ३ जना घाइते भएका छन्।

समाचार संस्था पिटीआईका अनुसार दुर्घटनाको समयमाले बसमा चालक, सहचालकको साथ साथ मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री रहेका थिए। उनीहरु उत्तरकाशस्का यमुनोत्री मन्दिरको यात्राको लागि गएका थिए।
उत्तर काशाीका जिल्ला विपद् प्रबन्ध अधिकारी देवेन्द्र पटवालले यो घटना एनएच ९४ मा डम्टाबाट २ किलोमिटर पर रिखाबुमा भएको बताएका छन्।

दुर्घटना पछि मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान अबेर राती दुर्घटनास्थल पुगेका छन्। उनले यो दुर्घटना असाध्यै दुखद भएको बताएका छन्। उनले सबै सव निकालिएको र घाइतेलाई उपचारको लागि उचित व्यवस्था गरिएको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय