महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्न लागेको हो । बैठकमा १५ औं महाधिवेशनको मितिबारे छलफल हुने नेताहरूले बताएका छन् ।

महाधिवेशन २१ फागुनको चुनाव अघि गर्ने कि पछि गर्ने भन्नेमा कुरा मिलेको छैन । संस्थापनले चुनावपछि र इतर पक्षले चुनाव अघि नै महाधिवेशन गर्नुपर्ने अडान लिएको छ ।

संस्थापन निकटका विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महतसहितका नेताले चुनाव अघि कुनै पनि हालतमा महाधिवेशन गर्न नसकिने अडान लिएका छन् ।

तर, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला पक्षले अहिलेको नेतृत्वलाई लिएर निर्वाचनमा जान नसकिने अडान लिएको छ ।

नेता विमलेन्द्र निधिले तत्कालको प्राथमिकता महाधिवेशनभन्दा चुनाव भएको बताए । ‘फागुन २१ गतेको निर्वाचनमा भाग लिने निर्णय गर्नुपर्छ भन्ने हाम्रो मुख्य माग छ । किनकि निर्वाचनमा होमिनका लागि जनतालाई अपिल गर्न ढिलाइ भइसकेको छ,’ निधिले भने, ‘चुनावअघि महाधिवेशन हुँदैन भन्नेमा हाम्रो तर्क छ । महाधिवेशनका लागि छिटो काम गर्दा पनि अबको तीन/चार महिना समय लाग्छ । यसैले आवश्यक प्रक्रिया पुर्‍याएर निर्वाचनपछि मात्रै वैशाखमा महाधिवेशन गर्नुपर्छ भन्ने हो ।’

तर महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइराला पक्षले अहिलेको नेतृत्वलाई लिएर निर्वाचनमा जान नसकिने अडान लिएको छ । नेता निधि यो पार्टीलाई अनिर्णयको बन्दी बनाउने खेल भएको दाबी गर्छन् । ‘सभापतिले कार्यवाहक दिएर हिँड्नुभएको छ । यस्तोमा उपसभापति धनराज गुरुङ, दुई महामन्त्री गगन र विश्वप्रकाश नेतृत्वमा हुनुहुन्छ । सहमहामन्त्रीहरू हुनुहुन्छ । यस्तोमा कसले कसको नेतृत्वमा चुनावमा जाँदैनौं भन्नुभएको यो नमिल्ने कुरा हो,’ निधि भन्छन्, ‘प्रतिनिधिसभा विघटनको उपचार चुनाव हो । यसैले चुनावमा जाने कुरामा कोही पनि आत्तिनु पर्दैन ।’

तर, महामन्त्री र शेखर समूह मंसिरमा नभए पुसमा १५ औं महाधिवेशन गर्नुपर्ने अडानमा छ । नभए विधानअनुसार ५४ प्रतिशतले माग गरे बमोजिम विशेष महाधिवेशन गरेर निर्वाचनमा जानुपर्ने अडान उनीहरूको छ । संस्थापन पक्षले विशेष महाधिवेशनमा पनि नजाने अडान लिएको छ ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय