जेनजी आन्दोलनको दुई महिना पुग्न लाग्दा नेकपा एमाले बल्ल उनीहरूले उठाएका माग जायज भएको निष्कर्षमा पुगेको छ । ती मागहरू पूरा गर्न सकिने खालको पनि भएको एमालेको भनाइ छ ।

यसअघि जेनजी आन्दोलनमा उठेका मागमुद्दालाई ‘अनदेखा’ गर्दै आएको एमालेले त्यसक्रममा भएका घटनाहरूमा समेत विदेशी शक्तिहरूको षड्यन्त्र र घुसपैठका रूपमा व्याख्या गर्दै आएको थियो ।

सोमबार एमाले महासचिव शंकर पोखरेलले नवपुस्ता (जेनजी) का माग अनुचित नभएको र ती माग सरकारले पनि पूरा गर्न सक्ने किसिमकै रहेको निष्कर्ष सुनाए ।

‘जनेजी पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र सामाजिक सञ्जाल प्रयोग गर्न पाउनुपर्छ भन्ने माग राखेका थिए । ती माग अनुचित थिएनन् र पूरा गर्न नसक्ने पनि थिएनन्’, महासचिव पोखरेलको भनाइ छ ।

पोखरेलले ती माग राखेर आन्दोलनको नेतृत्व कसले गरेको हो भन्ने पूर्ववर्ती सरकारलाई थाहा हुन नसकेकाले त्यसवेलाको परिस्थिति थप बिग्रिन पुगेको दाबी समेत गरे ।

‘कसले आन्दोलनको नेतृत्व गरेको भन्ने पूर्ववर्ती सरकारलाई जानकारी नै भएन,’ सोमबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा पोखरेलले भने । उनले भदौ २३ र २४ भदौको आन्दोलनमा मोबाइलको लत बसेका युवाहरूलाई गलत तत्त्वले प्रयोग गरेको दाबी गर्न भने छाडेनन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय