नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो बस्दैछ ।

जेनजी आन्दोलनमा कुटिएका सभापति शेरबहादुर देउवा आज ३४ दिनपछि पहिलो पटक यो बैठकमार्फत सार्वजनिक हुन लागेका छन् । दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेगरी नेताहरुलाई बोलाइएको छ ।

केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातै प्रदेश कार्यसमितिका सभापतिहरु यो बैठकमा सहभागी हुन काठमाडौ पुगिसकेका छन् ।

बुढानीलकण्ठस्थित निवासमा आन्दोलनकारीबाट कुटिएपछि देउवा र उनकी श्रीमति आरजु राणा गम्भीर घाइते भएका थिए । उनीहरुमाथि आक्रमणसँगै घरमा आगजनी गरिएपछि आफन्तकोमा बस्दै आएका छन् ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय