जेनजी आन्दोलनका प्रतिनिधिहरूले बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई आठ बुँदे ज्ञापनपत्र बुझाएका छन्। आन्दोलनका शहिद परिवार, घाइते तथा सहभागी युवाहरूको उपस्थितिमा राष्ट्रपतिलाई बुझाइएको उक्त ज्ञापनपत्रमा सरकार र राज्य संयन्त्रले तत्काल सम्बोधन गर्नुपर्ने मागहरू प्रस्तुत गरिएको छ।

ज्ञापनपत्रमा आन्दोलनका क्रममा घाइते भएका र शहिद परिवारलाई न्यायसहितको उचित क्षतिपूर्ति, उपचार र पुनःस्थापनाको व्यवस्था गर्नुपर्ने माग गरिएको छ। साथै, आन्दोलनका क्रममा पक्राउ परेका वा पीडित भएका व्यक्तिहरूलाई मुक्त गर्न र दोषीमाथि कारबाही गर्न सरकारलाई दबाब दिइएको छ।

प्रतिनिधि टोलीले आगामी निर्वाचनमा सबै नागरिकलाई स्वतन्त्र र निष्पक्ष मतदान अधिकार सुनिश्चित गर्न, विदेशमा रहेका नेपालीहरूलाई मताधिकारको व्यवस्था मिलाउन तथा ‘नो भोट’ अधिकार लागू गर्न माग गरेको छ।
त्यस्तै, राजनीतिक हस्तक्षेपमुक्त स्वतन्त्र न्यायपालिका, सुशासन र जवाफदेहिताको प्रत्याभूति गर्न पनि ज्ञापनपत्रमा जोड दिइएको छ।

ज्ञापनपत्र बुझ्दै राष्ट्रपति पौडेलले प्रस्तुत मागहरू सम्बोधनका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाएको  स्रोतले बताएको छ।

केहि तस्बिरहरु:

 

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय