प्रधानमन्त्री देउवाद्वारा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन।

०२ जेठ, काठमाडौं।

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको छ । सोमबार बुद्ध जयन्तीको अवसर पारेर नयाँ विमानस्थलमा आयोजित कार्यक्रममार्फत उहाँले विमानस्थलको औपचारिक उद्घाटन गर्नुभएको हो

त्यसअघि आजै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तराष्ट्रिय व्यावसायिक उडान भएको थियो कुवेतबाट आएको जजिराको जेजेड आर ५४५ एयरवस ए ३२०९२३३ विमानले सोमबार बिहान ७ बजे १ सय ७४ यात्रुसहित अवतरण गरेको हो ।

यसअघि बुधबार भारतको दिल्लीबाट अन्तर्राष्ट्रिय • विमानको रुपमा भारतीय सेनाले उडान गरेको थियो । उक्त विमानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण लक्षित सुरक्षा अधिकारी, सुरक्षा सामाग्री र बुलेट प्रुफ कार ल्याएको थियो । साताको तीन दिन जजिरा एयरलाईन्स नियमित उडान गर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

जजिरा एयरलाईन्स सोमबार, बुधबार र शुक्रबार सातामा तीन दिन राति पौने २ बजे भैरहवामा अवतरण गर्ने र सोही राति अढाई बजे फिर्ता हुने तालिका छ अहिले जजिराले १७५ जना क्षमता रहेको न्यारो बड़ी एयरबस ३२० भैरहवा ल्याएको छ जुलाईदेखि जजीराले दैनिक उडान भर्ने विमानस्थल प्रशासनले जानकारी दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
4
+1
2
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय