पाल सरकार वादी रहेको उक्त मुद्दामा प्रतिवादीमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ विपरीत आपराधिक उपद्रव गरेको अभियोग थियो । आरोपीबाट तोडफोड भएको सवारीको क्षतिपूर्ती भराउने माग पनि गरिएको थियो ।
अदालतमा बयानका क्रममा प्रतिवादीले आफू घटनामा संलग्न नरहेको बयान दिए । अधिकांशले घटनाको समयमा आफूहरू अर्कै स्थानमा रहेको जिकिर गरेका थिए ।
प्रमाणको रुपमा प्रहरीले घटनास्थल वरपरको सीसीटीभी फुटेज, विभिन्न सञ्चारमाध्यममा प्रसारित भिडियोको सीडी पेश गरेको थियो ।
तर, अदालतमा पेश गरेको सीसीटीभी फुटेजको सिडी खुलेन । जसकारणले प्रतिवादीले सहजै सफाइ पाए ।
फैसलामा भनिएको छ, ‘प्रतिवादीहरूले कसुरमा इन्कारी बयान गरेको,उनीहरूका साक्षीले पनि अपराधमा संलग्नता नरहेको भनी बकपत्र गरेको, कसुरसँग सम्बन्धित वस्तु बरामद नभएको र अभियोग दाबीलाई पुष्टि गर्ने अन्य सबुत प्रमाणको अभावमा प्रतिवादीहरूले नै आपराधिक उपद्रव गरेको भन्ने देखिन आएन ।’
अदालतले सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशन कुमार पासमान, मोहमद सलमान, भानु चेल, देव कुमार साह र प्रोज्वल अधिकारीलाई अभियोग दाबीबाट सफाइ दिएको हो ।
मुद्दाका प्रतिवादी जयनारायण पाण्डे र अभिमन्यु यादव हाजिर नभएका कारण उनीहरूको मुद्दा मुल्तबीमा छ ।
