स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुदाँ १० जनाको मृत्यु।

३० वैशाख, काठमाडौं।

स्याङ्जाको सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग‍.२ प ३०२६ नम्बरको जीप वालिङ नगरपालिका–१५ मा दुर्घटना भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले बताए।

प्रजिअ पौडेलका अनुसार, दुर्घटनामा १० जनाको मृत्यु भएको छ। उनीहरूको सनाखत भइरहेको पौडेलले बताए। दुर्घटनामा केही घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि पोखरा ल्याउन लागिएको छ। दुर्घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
4
+1
1

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय