सर्लाहीको धनकौलमा ६ राउन्ड हवाई फायर अझै शुरू भएन मतदान।
३० वैशाख सर्लाही । करण साह
सर्लाहीको एक मतदानस्थलमा अझै मतदान सुरु हुन सकेको छैन । दुई पक्षबीचको विवादका कारण अझै मतदान सुरु हुन नसकेको हो । धनकौल गाउँपालिकामा मतदान थप्ने विषयमा विवाद भएको थियो ।
मतदान केन्द्र थप्ने विषयमा विवाद भएको सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।
उनका अनुसार राजनीतिक दलका कार्यकर्ताबीच ढुंगा हानाहान भएपछि स्थिति नियन्त्रणमा लिँन ६ राउण्ड हवाई फायर गरिएको छ । विवाद साम्य पार्न सर्वदलीय बैठक बसेको छ । बैठकले निर्णय गरेपछि मतदान सुरु हुनेछ ।