संसदीय दलको बैठक सकिएपछि पार्टीले सञ्चालन गरेको हस्ताक्षर अभियानमा सांसदहरु पनि सहभागी हुने छन् । रुपन्देही ३ मा हुन लागेको उपनिर्वाचनमा मतदाताले कस्तो उम्मेदवार चाहेका छन् भनेर उनीहरुको मनोभावना बुझ्ने, पार्टी संगठनको विषयमा जिल्ला नेताहरुसँग छलफल गर्ने कार्यक्रम समेत तय भएको प्रमुख सचेतक परियारले जानकारी दिए ।
यस बैठकमा पार्टीले रुपन्देही क्षेत्रनम्बर ३ को उपनिर्वाचनको उम्मेदवारबारे भने छलफल नहुने परियारले बताए । पार्टीले रुपन्देही क्षेत्रनम्बर ३ को उपनिर्वाचनमा उम्मेदवार बन्न इच्छुक व्यक्तिबाट आवेदन माग गरिसकेकाले आवेदन दिने म्याद पूरा भइसकेपछि मात्रै उम्मेदवारबारे छलफल हुने उनको भनाइ छ ।
रुपन्देही क्षेत्रनम्बर ३ का आगामी कार्तिक १७ गते उपनिर्वाचन हुँदैछ । गत आम निर्वाचनमा रास्वपा यो क्षेत्रमा समानुपातिकतर्फ १४ हजार बढी मतसहित तेस्रो ठूलो दल बनेको थियो ।
त्यो बेला संगठन निर्माण गरिनसकेको रास्वपाले अहिले वडा तहसम्म संगठन निर्माण गरिरहेको छ । रुपन्देही क्षेत्रनम्बर ३ का ३६ वटा वडामै हस्ताक्षर अभियान सञ्चालन गरेको पार्टीले यो क्षेत्रमा मात्रै करिब २० हजार हस्ताक्षर संकलन गरिसकेको क्षेत्रीय सभापति मधु अर्यालले बताए ।
