रामेछापमा एमाले र राप्रपा कार्यकर्ताद्वारा कांग्रेसका उमेदवारमाथि खुकुरी प्रहार।
२९ वैशाख, रामेछाप।
रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं ३ का वडाध्यक्षका उम्मेदवारमाथि खुकुरी प्रहार भएको छ ।
नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रमेश सुनवारमाथि नेकपा एमाले र राप्रपाका कार्यकर्ताले खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट सुनुवार गम्भीर घाइते भएका छन् ।
उमाकुण्ड गाउँपालिका अध्यक्षका उमेदवार जीतबहादुर काटुवालका अनुसार सुनुवार बसिरहेको ठाउँ पछाडिबाट आएर झुक्याएर खुकुरी प्रहार गरेका थिए ।
गम्भीर घाइते सुनुवारलाई उपचारका लागि वडा नं २ बाम्तीको बाम्ति अस्पतालमा लगिएको छ । सुनुवारमाथि आक्रमण गर्ने केहीलाई प्रहरी पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय