सिरहाको गोलबजारमा पैसा वितरण गर्ने माओवादी कार्यकर्ता पक्राउ।

२८ वैशाख, काठमाडौं।

सिरहामा मतदातालाई पैसा बाँड्ने क्रममा नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ ।

मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि पाँच हजार रुपैयाँ बाँड्दै गरेको अवस्थामा गोलबजार नगरपालिका-२ गुरूधामका नेकपा माओवादी केन्द्रका कार्यकर्ता ५५ वर्षीय प्रेम लामा पक्राउ परेका हुन् ।

उनको साथबाट मतपत्र र ५४ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

स्थानीयले उनलाई नियन्त्रणमा लिएर गोलबजार प्रहरीको जिम्मा लगाएका हुन् । लामालाई मतपत्र र रकमसहित स्थानीयले नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको र आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। गोलबजार नगरपालिकामा माओवादी केन्द्रबाट मेयरमा देवनाथ साह पुनस् उम्मेदवार बनेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
13
+1
5
+1
8
+1
2
+1
4

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय