कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामविरुद्ध प्रहरीमा उजुरी परेको छ । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्षसमेत रहेका नेकपा एसका नेता रक्की थेबेले मन्त्री हाङगामवरिुद्ध ठाडो निवेदन दिएका हुन् ।

मंगलबार हाङगामको गृह जिल्ला ताप्लेजुङको सदरमुकाम फुङलिङमा थेबेलाई मन्त्रीले दुई मुक्का प्रहार गरेका थिए । ‘मलाई कुटपिट गर्ने मन्त्रीविरुद्ध हिजो मैले ठाडो निवेदन दिएको छु’ उनले भने, ‘अहिले वकिलहरूसँग गफ गरिरहेको छु । आज अब जोहरी नै दिन्छु होला ।’  रक्की थेवेले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन अवस्थामा रहेको केबलकारका पक्षधर हुन् भने मन्त्री हाङगाम भने मुकुम्मलुङका पक्षधर हुन् । केबलकार बनाउने र नबनाउने आन्दोलन चलिरहँदा मुख्यमन्त्री हिक्मत कार्कीसँग केही समय अगाडि विराटनगरमा उनीहरूबीच जुहारी चलेका थियो  ।

थेबे र हाङगामबीच केबलकार बनाउने र नबनाउने विषयमा मनमुटाव हुँदै आएको थियो । उनले मदिरा सेवन गरेर आउने चुनावमा  मसँग लड्ने रे भनेर हातपात गरेको भन्दै मन्त्रीले आफूमाथि दुई मुक्का प्रहार गरेको बताएका छन् ।

प्रहरीले भने निवेदनबारे खुलाउन चाहेको छैन । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक वेदप्रकाश गौतमले निवेदन परेको विषयमा आफूलाई थाहा नभएको बताए । ‘उहाँहरू मिल्ने कुरा थियो,’ उनले भने ‘म हिजोदेखि नै अफिस बाहिर भएकाले बुझेको छैन ।’ उनले कार्यालयमा गएपछि बुझेर बताउने जवाफ दिए ।

कोशी प्रदेश प्रहरी कार्यालयका डीआइजी इश्वर कार्कीले भने ठाडो उजुरी परेको प्रदेशमा थाहा नहुने बताए । मन्त्री हाङगामले आफूले थेबेमाथि हातपात नगरेको बताएका छन् । उनले आत्मरक्षा मात्रै गरेको बताएका हुन् । शुक्रबार विहान ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनलथेबेले आफूमाथि आक्रमण गरेकाले आफूले आत्मरक्षा गर्दा १/२ मुका हानेको बताए।

थेबे आफ्नो प्रिय भाइ भएको बताउँदै उसले आक्रामण गरेपछि आफूले आत्मरक्षा मात्रै गरेको उनले जवाफ दिए । थेबे नेकपा एसका प्रदेश कमिटीका सदस्य हुन् । हाङगाम ताप्लेजुङ प्रदेश निर्वाचन क्षेत्र (२)बाट निर्वाचित नेपाली कांग्रेसका सांसद हुन् । उनी यसअघि पनि बारम्बार विवादमा तानिएका थिए ।

२०८० भदौ २२ गते ताप्लेजुङको मिनी महोत्सवको विवादमा सांसद हाङगामले तत्कालीन जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख (डीएसपी) राजन लिम्बूलाई ज्यान मार्ने धम्की नै दिएका थिए । उनले प्रहरीको हात हतियार खोसेको आरोपसमेत लागेको थियो ।

एचटिपि संवाददाता

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय