त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु राखिएको आशंका।
२१ वैशाख, काठमाण्डौ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु राखिएको आशंका भएपछि आन्तरिक उडान ठप्प भएको छ । अहिले आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो।
प्रवक्ता सिटौलाका अनुसार शंकास्पद वस्तु राखिएको भनिएको ठाउँलाई घेरेर राखिएको छ । सेनाको बम डिस्पोजल टोली पनि घटनास्थल पुगिसकेको उहाँले जानकारी दिनुभयो । शंकास्पद वस्तुको आशंकापछि विमानस्थलमा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1
ताजा समाचार
लोकप्रिय
© 2024: HTP Khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा