मिथिला डेन्टल क्लिनिक र तारा पुञ्ज युवा क्लवको सहयोगमा निःशुल्क दन्त शिविर सम्पन्न।

१७ वैशाख, सर्लाही

सर्लाहीको दक्षिणी क्षेत्र कौडेना गाउँपालिका वडा न. ६ सक्रौलमा गत बुधबार निःशुल्क दन्त उपचार शिविर सम्पन्न गरिएको छ ।मिथिला डेन्टल क्लिनिक मलंगवा र तारापुञ्ज क्लबको सहकार्यमा दन्त शिविर सञ्चालन गरिएको तारापुञ्जका सचिब धिरोज रायले HTP Khabar लाइ जानकारी दिए । शिविरमा ७४ जनाको दन्त परीक्षण गरिएको र जस मध्ये २४ जनाको दाँत फुकालिएको तथा ५० जनाको दाँतको परीक्षण गरी दाँत दुखाई लगायतको औषधि समेत वितरण गरिएको थियो ।

शिविरमा तारापुञ्ज युवा क्लबका युवाहरुले समेत दाँत मुख सम्बन्धी परीक्षण गराएका छन्। शिविरमा दन्त चिकित्सक डा.अमृत यादब र उनी नेतृत्वको स्वास्थ्यकर्मीहरुको टीमद्वारा परीक्षण एवं उपचार गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
104
+1
51
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय