राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष पौडेलले छोडे कमल थापाको साथ।
१५ वैशाख,काठमाडौं ।
राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले पदबाट राजीनामा दिएका छन् । उनले अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै साधारण सदस्यसमेत नरहने गरी राजीनामा पत्र बुझाएका हुन् ।
पौडेल आर्थिक विभाग प्रमुखको समेत जिम्मेवारीमा थिए । पौडेलले आफूले राजीनामा दिनुबारे पनि केही खुलाएका छैनन्।
राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि थापाले राप्रपा नेपाल ब्युँताएका थिए । त्यसलगत्तै गोपी कृष्ण मूभिजका अध्यक्ष समेत रहेका पौडेल उक्त पार्टीको उपाध्यक्षमा मनोनीत भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय