उनले अहिलेको व्यवस्था उल्टाउन जनतालाई सडकमा उत्रिन आह्वान गर्दै घरदैलो अभियान चलाउने जानकारी दिए । यो अभियानलाई राजावादीहरुले काठमाडौं उपत्यका जनजागरण यात्रा नाम दिएका छन् ।
यो अभियानको ८ गते बिहान शंखरापुर नगरपालिकालको साँखुमा भेला भएर सुरु गर्ने र काठमाडौं उपत्यकाका १५ वटा पालिकामा पुग्ने योजना बनाइएको छ । अन्तिम दिन जेठ ११ गते भक्तपुरको कमलविनायकमा पुगेर बिसर्जन हुने छ ।
त्यसक्रमा काठमाडौं महानगरका सबै वडामा पुग्ने थापाले बताए । ‘महानगरको ३२ सै वडामा ८–१० दिनको बीचमा पहिलो काम घरदैलो कार्यक्रम नै गर्नुपर्छ । सबै पार्टीका एक ठाउँमा उभिएर, राष्ट्रिय झण्डा बोकेर, प्रत्येक घरमा पुगेर एकपटक सडकमा उत्रिनुस् भन्नुपर्छ ।’
उनले भने, ‘हामी सबै राष्ट्रवादी शक्ति एक ठाउँमा आएका छौं । जनताको बलमा शान्तिपूर्ण ढंगले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना गरेर छाड्नेछौं ।’




