खानेपानी तथा दल निर्माण विभाग जनकपुरका प्रमुखलाई समातेर जनकपुर परिक्रमा गराउँदै।

 

४ कार्तिक २०७८  जनकपुरधाम नरेन्द्र महताे

डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरधाम खानेपानीका प्रमुखलाई हातपात गर्दै जनकपुर घुमाएका छन् ।

 

साेमवार राति देखि धेरै बर्षा भएकाे कारण जनकपुरधाम जलमग्न भएपछि ढल निर्माणमा अनियमितता भएको भन्दै सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले नेपाल खानेपानी संस्थान जनकपुरधामका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई कुटपिट गर्दै नगर परिक्रमा घुमाएका छन्।

 

दुई दिनकै वर्षामा पानीको निकास ढल भएर बग्न नसकेपछि जनमत पार्टीका नेताकार्यकर्ताले गुण्डाशैलीमा जनकपुरधामको रामानन्द चोकस्थित कार्यालयमा लाठीसहित पुगेका जनमत पार्टीका दर्जनौं कार्यकर्ताले कुश्वाहालाई जबरजस्ती कार्यालयबाट बाहिर निकालेर कुटपिट गर्दै नगर परिक्रमा गराएका थिए।

 

उनीहरुले निमित्त प्रमुख कुश्वाहाको कपडा च्यात्नुका साथै नालामा रहेको हिलो दलिदिएका थिए। निमित्त प्रमुख कुश्वाहालाई अर्धनग्न बनाएर डा. राउतका कार्यकर्ताहरु सहित जनकपुरकै स्थानीयहरुले कुटपिट गरी नगर परिक्रमा गराइरहँदा प्रहरी प्रशासन भने मुकदर्शक बनेका थिए ।जनमत पार्टीले खानेपानी सँस्थानमा ज्ञापन पत्र बुझाउँदै ढल निकासको उचित व्यवस्थापनको लागि बारम्बार अपिल गरेका थिए । त्यसपछि जनमत पार्टीका कार्यकर्ताहरुले खानेपानी सँस्थानमा तालाबन्दी समेत गरेको थिए ।

 

यतिसम्म गर्दा पनि प्रमुख कुश्वाहाले विहिबार जनमत पार्टीका कार्यकर्ताहरुले जनकपुरमा ढल निकासको उचीत व्यवस्थापनको लागि योजनाको बारेमा सोध्न गएपछि उनी चर्को स्वरमा बोले पछि प्रमुख कुश्वाहालाई समातेर नगर परिक्रमा गराएको कार्यकर्ताले भनेका छन।

जनमत पार्टीको यो अवतारलाई समाजिक सँजालमा समर्थन र विरोध समेत जनाइएको छ ।

 

 

यता, समाजिक सँजालमा यस्ता कर्मचारीलाई यस्तै गरे मात्र भ्रष्टाचार न्यून हुने भन्दै जनमत पार्टीको समर्थनमा पनि युवाहरु उत्रेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय