ओली र चिनियाँ विदेशमन्त्रीबीच मेरियट होटेलमा भेटवार्ता।

१३ चैत्र, काठमाडौं।

काठमाडौं- नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। वाङलाई भेट्न ओली आज बिहान नक्शालस्थित होटेल मेरियट पुगेका हुन्।

सोही होटलमा चिनियाँ विदेशमन्त्री र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता हुने भएको छ।

तीन दिने नेपाल भ्रमणका लागि चैत ११ गते काठमाडौं आएका वाङ यी आजै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका छन्। उनी आजै स्वदेश फर्किंदैछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2k
+1
500
+1
200
+1
0
+1
1k

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय