भारि वर्षाकाे कारण लगाएकाे धानवालि नष्ट-किसानहरु चिन्तित
३ कार्तिक २०७८, महोत्तरी नरेन्द्र महताे
सोमबार राति देखि भारी वर्षा भएकाे कारण महाेत्तरीकाे गाैशाला नगरपालिकाकाे प्राय वडाहरुमा किसानले लगाएकाे धान वालि नष्ट भएका छन।
पाकेकाे धान काटेर खेतमा सुक्न लागि छाेडेका थिए तर एकासी माेसम परिवर्तन भई रात दिन वर्षा भएर गाैशाला,साेनामा ,सम्सी र औरही पालिकामा पाँच सय विघामा लागएकाे धान वाली नष्ट भएकाेमा किसानहरु चिन्तित बनेका छन ।
कृषि प्रधान देश भएर पनि किसानकाे खेति वीमा याेजना सुविधा नभएकाेमा किसानहरुले गुनासाे गरेका छन। हजारौ हजार रुपैया पैसा सवै वर्वाद भएकाेले वर्ष भरी हाथ मुख कसरी जाेडने उनिहरु चिन्तामा परेका छन । यसै गरि साेनमा गाउँपालिका ८ शिवनगरकाे किसान राम विनाेद राउतले भने ३ रु सय कडा व्याजमा ७० हजार रु ऋण लिएर १ विघा धान राेपेका थिए तर वर्षामा सवै धान पानी डुवेर नष्ट भएका छन अब लिएकाे ऋण काहाँ बाट र कसरी चुकाउने चिन्ताले घरपरिवारमा रुवावासि चलेका छन उनले रुदै बताए ।
त्यसै गरी अाैरही र गाैशाला नगरपालिकामा रहेका मुसहर जातिका पाँच सय घर परीवारकाे घर डुवान परेकामा उनिहरु पनि विचलितमा परेका छन ।अाज सम्स कसैले कुनै प्रकारकाे सहयाेग नगरेकाे कारण वालवालिकाहरु सवै अाकाश मुनि वसेर दिन रात काटि रहेका मुसहर जातिले रुदै भनेका छन ।
यता आज सम्म कुनै पालिकाका प्रतिनिधिहरु तथा सम्वन्धित निकायहरुकाे ध्यान नगएकाेमा स्थानियहरुले आक्राेसित भएका छन ।