सप्तरीमा मोहली बांध भत्किँदा ३०० घर विस्थापित संगै डोम बस्तिमा रूवाबासी

३ कार्तिक २०७८, सप्तरी नविन यादव

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वाड नं ३ स्थित गिदखोरामा मोहलीको बांध भत्किँदा ३०० घर बिस्थापित बनेका छन् ।

सप्तरी लगायत् दैशको बिभिन्न ठाउँमा सोमबार मध्यरातिदेखि जारी भएको वर्षा मध्यराति मंगलबार बर्षा बन्द भएको छ। सोही बेमौसमी बर्षाको कारनले सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वाड नं ३ स्थित मोहली नदिमा आएको बाढिको चापले दिनको तिन बजै मंगलबार दक्षिण साईडको बांध भत्किँदा ३०० घर बिस्थापित भएको स्थानिय सत्यनरायण यादवले बताउनु भएको छ।

त्यस्तै गरि सोही वाड अन्तर्गत रहेको डोम बस्तिमा छिरेको पानि करिब २० घर डोम परिवारलाई उठीबास बनाएको स्थानीय जगदिश मरिकले बताउनु भएको छ। डोम बस्ति अन्तर्गत चन्द्र मरिक ,उपेन्द्र मरिक , सभापेत मरिक ,संजिब मरिक सुरेन्द्र मरिक , बिरेन मरिक लगायत २० घर डोम परिवारहरूलाई रूवाबिसीमा पर्नु भएको छ।

उता स्थानियहरूको भनाई अनुसार हामीहरू दुई दिन देखी भुखै बस्न बाध्य बनेको छौ । मेयर शलैस साह र वडा अध्यक्ष विजय कुमार यादवले आश्वासनको भरमा मात्र छोडनु भएको बाडि पिडितहरूको भनाई रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय