डाटा शुल्क घटाउने नेपाल टेलिकमको तयारी।
०४ चैत्र, काठमाण्डौं।
नेपाल टेलिकमले डाटा/इन्टरनेटको शुल्क घटाउने तयारी गरेको छ । आज शुक्रवार काठमाण्डौमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल टेलिकमकी नायब प्रबन्ध निर्देशक संगीता पहाडीले यस्तो जानकारी दिनुभएको हो ।ब्यान्डविथको मूल्य नै महँगो पर्ने भएकाले फिक्स इन्टरनेटको मूल्य भने महँगो पर्न गएको उहाँले स्पष्ट पार्नुभयो तर त्यसमा पनि पुनर्विचार गर्न आफूहरू तयार रहेको उहाँको भनाइ थियो।
नायब प्रबन्ध निर्देशक पहाडीले वायरलेस डाटाको मूल्य भने कोभिडको कारणले पनि घटाउनुपरेको बताउनुभयो । कोभिडका कारण दुई वर्षको अवधिमा वायरलेस डाटाको मूल्य सय प्रतिशतबाट २५ प्रतिशतमा झारिएको उल्लेख गर्दै उहाँले त्यसलाई महँगो भन्न नमिल्ने तर्क गर्नुभयो नायब प्रबन्ध निर्देशक पहाडीले भन्नुभयो, ‘प्याकेजमा नलिएको हुनाले पिक्स इन्टरनेटको मूल्य महँगो भनिएको हो कि ? नत्र भने मलाई लाग्छ- यो वायरलेस डाटाको शुल्क १०० प्रतिशतबाट २५ प्रतिशतमा झरिसकेको छ ।
नेपाल टेलिकमले पूर्वाधार निर्माणको लागत घट्नेबित्तिकै डाटाको मूल्य पनि सहजै घटेर जाने जानकारी पनि गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय