क्रिप्टोकरेन्सीको कारोबार हुने वेबसाइट र मोबाइल एप अब नेपालमा प्रतिबन्ध।
०१ चैत्र, काठमाण्डौ।
नेपाल दूरसञ्चार प्राधिकरणले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ।
प्राधिकरणले आज मङ्गलवार एक सूचना निकालेर क्रिप्टोकरेन्सी, बिटक्वाइन, हाइपर नेटवर्किङ, अनलाइन बेटिङ जस्ता साइट नेपालमा चल्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । प्राधिकरणको निर्देशनपछि अब इन्टरनेट र मोबाइल सेवा प्रदायकहरूले क्रिप्टोकरेन्सी र अन्य गैरकानुनी डिजिटल मुद्राको कारोबार हुने मोबाइल एप र वेबसाइट बन्द गर्नुपर्नेछ ।
सरकारको निर्देशनपछि यसअघि नेपालमा पोर्न साइटहरू पनि बन्द भएका दिए । नेपालबाट क्रिप्टोकरेन्सी अन्य डिजिटल मुद्राको माध्यम हुँदै रकम विदेशिने र नागरिक ठगिने क्रम बढेपछि अर्थ मन्त्रालयले यस्ता कारोबार हुने एप र वेबसाइट निषेध गर्ने व्यवस्था मिलाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको थियो ।
सञ्चार मन्त्रालयले इन्टरनेट र मोबाइल सेवा प्रदायक नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएपछि आज प्राधिकरणले सूचना निकालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय