सशस्त्र प्रहरी द्वारा लाखौं रुपैयाँ सहित एक भारतीय नागरिक पक्राउ।

२७ फाल्गुन, रौतहट। अमरेस कुमार पाण्डे

रौतहटको सहरमुजवाबाट हुन्डी कारोवारी सहित नगद र भारतीय नम्बरको मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ । बिशेष सुचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीबाट खटिएको स्कवाड टोलीले हुन्डीको नगद सहित कारोवारी र भारतीय नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिन सफल भएको हो।

शुक्रवार करिब १२ बजेको समयमा खटिएको स्कवाड टोलीले रौतहटको बौधिमाई नगरपालिका वडा नम्बर ९ सहरमुजवाबाट हुन्डीको १८ लाख ७३ हजार सहित भारतीय नागरिकलाई स्कवाड टोलीले नियन्त्रणमा लिन सफल सशस्त्र प्रहरीले जनाएको छ । भारतीय नम्बर बि.आर.०५ वाई २०७९ नम्बर मोटरसाइकलको सिट मुनि, हेलमेट भित्र र टुल बक्स भित्र लुकाई छिपाई हुन्डीको कारोवार भइरहेको बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरीले भारतीय नागरिक सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीले जनाए अनुसार भारतको पुर्व चम्पारण जिल्ला मोतिहारी थाना महुअवा बस्ने ४५ बर्षिय दिप नारायण प्रसादलाई हुन्डीको नगद सहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले बनाएको छ । नेपाली रुपैया १८ लाख ७३ हजार नगद र भारतीय मोटरसाइकलको मुल्य १ लाख गरी जम्मा १९ लाख ७३ हजार सहित भारतीय नागरिकलाई अवाश्यक कारवाहीको लागी गौर भन्सार कार्यालय रौतहटमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल २ नम्बर छिन्नमस्ता बाहिनीका प्रमुख डिआईजी गणेश ठाडा मगरले बताउनु भयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय