संखुवासभा बस दुर्घटना अपडेटः ज्यान गुमाउनेको संख्या १५ पुग्यो
२६ फाल्गुन, काठमाडौँ।
संखुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पगेको छ। दुर्घटनामा घाइते मादी–५ की युका पोखरेलको उपचारका क्रममा मृत्यु भएका संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।
दुर्घटनामा घाइते भएका ५ जनालाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो।
दुर्घटनामा सवारी चालक तेह्रथुमको फाक्चामाराका ३० वर्षीय विपीन निरौला, संखुवासभा मादी–५ का सहचालक ३५ वर्षीय उमेश भट्टराई, मादी–६ का ३० वर्षीया सीता विक, ३२ वर्षीया अञ्जना कटुवाल, तुलसा कटवालकी पाँच वर्षीया छोरी दिक्षा कटवाल, मादी–५ का ४९ वर्षीय भवानीप्रसाद दाहाल र मादी–५ का ५५ वर्षीय श्याम शेर्पाको मृत्यु भएको छ।
यस्तै मादी–४ का आइतबहादुर तामाङ, मादी–२ का ४२ वर्षीय ईन्द्र अधिकारी, मादी–४ का ६० वर्षीय बलबहादुर कार्की, २८ वर्षीया सबिता कार्की, मादी–५ का ४८ वर्षीय दिपककुमार दाहाल, ताप्लेजुङका ३१ वर्षीया समीक्षा योञ्जन र समीक्षा योञ्जनका ८ वर्षीय छोरा सुदिप घिसिङको दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
बिहीबार बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको को ४ ख ७३५ नम्बरको बस दुर्घटनामा परेको थियो। बस मादी–६ को सातघुम्ती नजिकै दुर्घटनामा परेको हो।
बस सडकबाट करिब ३ सय मिटर तल खसेको प्रहरीले जनाएको छ। बस तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानकाट दुलेको डिएसपी सुवेदीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय